बिहीबार थपिए ५३४ सङ्क्रमित

कोरोनाको ‘हटस्पट’ बन्दै काठमाडौं उपत्यका
बिहीबार, वैशाख २, २०७८

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५३४ मा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरस सङ्क्रमितको संख्या दुई लाख ८२ हजार ५४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  मन्त्रालयका अनुसार तीन हजार ५८८ मा पिसीआर र ५६४ मा एन्टिजेन गरी चार हजार १५२ को कोरोना परीक्षण गर्दा ५३४ मा कोरोना पुष्टि भएको हो । चार सय ९० मा पिसीआर र ४४ मा एन्टिजेन पोजिटिभ आएको हो । आज थपिएका सङ्क्रमितमध्ये १९६ काठमाडौँ उपत्यकाका छन् । त्यस्तै भक्तपुरमा आठ, ललितपुरमा ४३ र काठमाडौँमा १४५ रहेका छन् । गत २४ घण्टामा पाँच कोरोना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या तीन हजार ६६ पुगेको छ । गत २४ घण्टामा १५७  सङ्क्रमित निको भएका छन् । योसँगै हालसम्म कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७४ हजार ६०४ पुगेको छ । हाल देशभर चार हजार ३८४ सङ्क्रमित आइसोलेशनमा छन् । तीमध्ये तीन हजार ८९४ होम आइसोलेशनमा रहेका छन् भने ४९० संस्थागत आइसोलेशनमा छन् । देशभर ९१ आइसीयु र ३५ सङ्क्रमित भेन्टिलेटरमा उपचाररत छन् । हाल ६८ क्वारेन्टिनमा रहेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
 

प्रकाशित मिति: बिहीबार, वैशाख २, २०७८  १९:३५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार