कोरोना भाइरसको त्रास बढेपछि चितवानमा लाग्ने विक्रमबाबा मेला स्थगित

बिहीबार, वैशाख २, २०७८

चितवन । हरेक वर्ष चैते दशैंका अवसरमा लाग्ने विक्रमबाबा मेला यो वर्ष पनि बन्द गरिएको छ । चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र लाग्ने सो मेला कोरोना जोखिमका कारण बन्द भएको हो ।  सरकारले २५ भन्दा बढीको भेला हुने कार्यक्रम नगर्न निर्देशन जारी गरेसँगै गत चैत ३१ गतेदेखि शुरु भएको सो मेला बन्द गरिएको हो ।  कोरोनाको सङ्क्रमणको जोखिम रहेकाले यस वर्ष पनि मेला बन्द गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिए । गत वर्ष कोरोना जोखिका कारण सो मेला स्थगन गरिएको थियो । विक्रमबाबा मेलामा भक्तजनको निकै भीड लाग्ने र यसले थप कोरोनाको जोखिम बढाउने हुँदा दुई वर्षदेखि मेला बन्द गरिएको निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले जानकारी दिए ।  चैते दशैँलाई लक्ष गरी हरेक वर्ष चैत्र औंँसीदेखि पूर्णिमासम्म मेला लाग्ने गथ्र्याे । विक्रमबाबाको पूजा परापूर्व कालदेखि थारु जातिले गर्ने भए पनि पछिल्लो समय अन्य जातजातीको पनि यसमा आस्था बढ्दै गएको थियो । 
विक्रमबाबामा दर्शन गर्नाले सन्तान प्राप्ति र सुखलगायत मनोकांङक्षा पूरा हुने विश्वास गरिन्छ । चैते दशैंमा हजारांै भक्तजनले विक्रमबाबा दर्शन गर्ने र पशुपक्षी बलि दिने गर्दथे  । किम्वदन्तीअनुसार विक्रम नाम गरेको आदिवासी (गुरौ) बाघको आक्रमणबाट ज्यान गएको ठाउँमा पूजा गरे भाकल पूरा हुने तथा परिवारमा शान्ति, सन्तान प्राप्ति र  मनोकामना पूरा हुने  विश्वास छ ।
 

प्रकाशित मिति: बिहीबार, वैशाख २, २०७८  १५:०८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार