सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५ सय नाघेको छ । पछिल्लो २४ घन्टामा नेपालमा थप २९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । थप २९ जनाको मृत्युसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५ सय ०८ पुगेको छ । पछिल्लो २४ घन्टामा नेपालमा थप १४ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा जम्मा ९ हजार ९ सय ११ पीसीआर परीक्षण भएका छन् । मन्त्रालयका अनुसार सोमबार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३३ हजार ४ सय ५२ पुगेको छ ।
काठमाडौं उपत्यकामा थपिए ८०९ संक्रमित स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौं उपत्यकामा थप ८०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पुष्टि हुनेमा ३ सय ६१ महिला र ४ सय ४८ जना पुरुष छन् । काठमाडौंमा ६ सय १५, भक्तपुरमा ६९ र ललितपुरमा १ सय २५ जना नयाँ संक्रमित थपिएका हुन् । सोमबार देशभर १४ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर १९ सय ३१ जना डिस्चार्ज भएका छन् । त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप २९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।