सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । विगत २४ घण्टामा नेपालभरि १,४७४ मानिसमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९,९११ जनाको परीक्षण गर्दा त्यति संख्यामा संक्रमित फेला परेका हुन् । सो अवधिमा २९ जनाको कोभिड–१९ का कारण मृत्यु भएको सरकारी तथ्यांक छ । यो वृद्धिसँगै नेपालमा पुष्टि भएका संक्रमितको कुल संख्या दुई लाख ३३ हजार नाघेको छ । मन्त्रालयले सोमवार प्रकाशित गरेको विवरणअनुसार अहिले नेपालभरि १७,४२३ जनामा सक्रिय संक्रमण छ । अहिलेसम्म देशभरि १,५०८ संक्रमितको मृत्यु भएको छ । यो तथ्यांकले नेपालमा संक्रमितको मृत्युदर ०.६ प्रतिशत भएको देखाउँछ । काठमाडौं उपत्यकाका तीन जिल्लामा धेरै संक्रमित फेला पर्ने क्रम अहिले पनि जारी छ । नेपाल विश्वभरि कोरोनाभाइरस महामारीबाट प्रभावित देशमध्ये शीर्ष ४० स्थानभित्र पर्छ । दक्षिण एशियामा भने भारत, बंगलादेश र पाकिस्तानपछि नेपाल चौथो स्थानमा छ ।