थप ६०३ जनामा कोरोना भाइरस सङ्क्रमण

बुधबार, वैशाख १, २०७८

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ६०३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरस सङ्क्रमितको संख्या दुई लाख ८१ हजार ५८७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर गरिएको चार हजार २८९ पीसिआर परीक्षणबाट ५८० र ४५१ एन्टिजेन परीक्षणबाट २३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको हो ।  नेपालमा हालसम्म पिसिआर परीक्षण गराउनेको संख्या २२ लाख ३६ हजार ५२६ पुगेको छ । हाल ४८ जना क्वारेन्टिनमा रहेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।  पछिल्लो २४ घण्टामा थपिएका कूल सङ्क्रमितमध्ये काठमाडौँ उपत्यकाका मात्र २५४ जना रहेका छन् । तमिध्ये काठमाडौँका १७३, ललितपुरका ६१ र भक्तपुरका २० जन रहेका छन् ।  उपचार गराएर घर फर्किनेको संख्या हालसम्म दुई लाख ७४ हजार ४४७ जना पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर १२९ सङ्क्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।  हाल देशभर चार हजार ५६ सक्रिय सङ्क्रमित रहेका छन् । यीमध्ये ४५७ जना संस्थागत आइसोलेशनमा तथा तीन हजार ५९९ होम आइसोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।     
तीन सङ्क्रमितको मृत्यु
पछिल्लो समय नेपालमा कोरोना भाइरस सङ्क्रमणबाट तीन जनाको मृत्यु भएको छ । हालसम्म कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुनेको संख्या तीन हजार ६१ पुगेको मन्त्रालयले जनाएको छ । 
 

प्रकाशित मिति: बुधबार, वैशाख १, २०७८  २१:३८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार