सोसल मिडिया
Contact Us
युनिकोड
व्युनर्सआइरिस । आर्जेन्टीनाका महान् फुटबल खेलाडी डिएगो म्याराडोनाको उपचारमा लापरबाही भएको थियो कि भनेर अधिकारीहरूले छानबिन थालेका छन् । उनका छोरीहरूले उनको उपचारबारे प्रस्ट जानकारी माग गरेका छन् । केही समय अगाडि मस्तिष्कको सफल शल्यक्रिया गराएका म्याराडोनाको ६० वर्षको उमेरमा हृदयाघातबाट गत बुधवार निधन भएको थियो ।
घर र क्लिनिकमा प्रहरी म्याराडोनाका छोरीहरूले आफ्ना पिताको उपचारबारे प्रश्न उठाउँदै बयान दिएका थिए । त्यसपछि आर्जेन्टीनाको राजधानी ब्यूनस एरिजको प्रहरीले म्याराडोनाका चिकित्सक लियोपोल्डो लुकको घर तथा निजी क्लिनिकमा छापा मारेर प्रमाण बटुल्ने प्रयास गरेको छ । करिब ३० जना प्रहरी अधिकारीहरू आइतवार बिहान लुकको घर पुगेका थिए भने २० जना उनको क्लिनिकमा पुगेका थिए । म्याराडोनाका अन्तिम दिनहरूबारे प्रस्टता खोजिरहेका अभियोजनकर्ताहरूले उक्त छापा मार्न निर्देशन दिएका थिए । ती अधिकारीहरूले कम्प्युटर, मोबाइल फोन तथा मेडिकल नोटहरू बरामद गरेका छन् ।
कस्तो लापरबाही ? म्याराडोनाको ६० वर्षको उमेरमा गत बुधवार हृदयाघातका कारण निधन भएको थियो । त्यसअघि उनको मस्तिष्कको सफल शल्यक्रिया भएको थियो । तर शल्यक्रियापश्चत् निवासमा तङिग्रन आवश्यक सुविधा पर्याप्त नभएको आशंका गरिएका छन् । दुव्र्यसनमा लागेकाहरूको विशेष निगरानी गर्न सक्षम नर्सहरूलाई २४ घण्टा खटाइएको थियो कि थिएन अनि चिकित्सक तथा एम्बुलेन्सको उपलब्धता थियो कि थिएन भनेर छानबिन गरिँदैछ । एउटा भावुक प्रेस सम्मेलनमा उनका चिकित्सक लुक रोएका थिए र आफूले मित्रको ज्यान जोगाउन हरसम्भव उपाय गरेको बताएका थिए । लुकमाथि हालसम्म कुनै अभियोग भने लगाइएको छैन ।–बीबीसी