अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा

मंगलबार, साउन १०, २०७९

मान्म,  ।  पहिराका कारण अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा आएको छ । कालीकोटको पचालझरना गाउँपालिका–४ जाँफेबगरमा पहिरो जाँदा कर्णाली करिडोर अवरुद्ध भएको थियो । यस्तै  खाँडाचक्र नगरपालिका–२ जतेबजारमा समेत पहिरो गएको थियो ।   पूर्ण रुपमा अवरुद्ध भएको उक्त करिडोर गाउँपालिकासँग समन्वय गरेर प्रहरीले सञ्चालन गरेको थियो । यस्तै कर्णाली राजमार्गको जितबजार  नजिकै गएको पहिरो पन्छाएर अहिले यातायात सञ्चालन गरिएको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख राजीव श्रेष्ठले बताए  । वर्षाका कारण जुनसुकै बेला पनि पहिरो आउने सम्भावना रहेकाले सडक डिभिजन कार्यालयले राजमार्गको ठाउँठाउँमा टोली परिचालन गरेको छ ।   रासस 
 

प्रकाशित मिति: मंगलबार, साउन १०, २०७९  १५:४४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार