सर्लाही र कपिलवस्तुमा भएका मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु 

मंगलबार, साउन १०, २०७९

काठमाडौं । सर्लाही र कपिलवस्तुमा भएका दुई छुट्टाछुट्टै मोटरसाइकल दुर्घटनामा दुई जनाको ज्यान गएको छ । दुई जना गम्भीर घाइते भएका छन् ।  सर्लाहीको बलरा नगरपालिका–७ डुमरियामा हिजो बेलुकी दुईवटा भारतीय नम्बरको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् । 

हिजो बेलुकी साढे ८ बजे भएको दुर्घटनामा गम्भीर घाइते अवस्थामा भारत घर भएका अन्दाजी ३५ बर्षीय शंकर पासवान र २७ बर्षीय रोशन पासवान भेटिएका थिए । 

दुवै घाइतेलाई उपचारको लागी प्रादेशिक अस्पताल मलंगवा ल्याइएकोमा उपचारकै क्रममा शंकरको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको छ ।

कपिलवस्तुमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु 

कपिलवस्तुको वाणगंगा नगरपालिका–३ सिउटीमा हिजो मोटरसाइकल दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएको छन् । 

दुर्घटनामा मोटरसाइकल चालक स्थानिय २० वर्षिय आभाष परियार र पछाडी सवार २२ वर्षिय विष्णु परियार घाईते भएका थिए । 

विष्णुको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल वुटवलमा मृत्यु भएको प्रहरीले जनाएको छ । 

घाइते भएका चालक आवाशको लुम्बिनी एडभान्स सिटी अस्पतालमा उपचार भैरहेको छ । 

हिजो साँझ पौने ५ बजे लु ४२ प ७१३७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिएको प्रहरी चौकी गाजेहडा कपिलवस्तुले जानकारी दिएको छ ।

प्रकाशित मिति: मंगलबार, साउन १०, २०७९  १२:०१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार