फरेन्सिक रिपोर्टमा रिकभर भएको भिडियो पनि समावेश 

अर्थ मन्त्रालयको सीसीटीभी फुटेज प्रकरण
मंगलबार, साउन १०, २०७९

काठमाडौं । बजेट निर्माणताका अर्थ मन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गरेर करका दायरा हेरफेरमा भूमिका खेलेको विषयमा छानबिन गर्दै आएको संसदीय विशेष समितिले सीसीटीभी फुटेज हर्न थालेको छ ।

प्रहरीले दिएको फरेन्सिक रिपोर्टमा अर्थमन्त्रालयको सीसीटीभी फुटेज छ ।  सो भिडियो अहिले समितिका सदस्यले हेरिरहेका छन् ।

तर, कहिलेदेखि कहिलेसम्मको, कति भिडियो छ भन्ने प्रष्ट भइसकेको छैन । 

नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशालाले अर्थ मन्त्रालयको सीसीटीभी फुटेज रिकभर सम्बन्धी रिपोर्ट समितिलाई बुझाएको थियो ।

प्रकाशित मिति: मंगलबार, साउन १०, २०७९  ०९:५७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार