ग्यास बुलेटको ठक्करबाट महिलाको मृत्यु

सोमबार, साउन ९, २०७९

चितवन । पूर्व पश्चिम राजमार्गअन्तर्गत नारायणगढको पुलचोकमा भारतीय ग्यास बुलेटको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी ४५ वर्षीया महिला रहेको जिल्ला प्रहरी कार्यालयले चितवनले जनाएको छ । 
कार्यालयका अनुसार पुलचोकबाट गैँडाकोटतर्फ जाँदै गरेको आरजे २५ बीए २९३१ नम्बरको बुलेटले ठक्कर दिँदा पैदलयात्री महिलाको मृत्यु भएको हो । ठक्करबाट घाइते महिलाको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो । दुर्घटना आज दिउँसो भएको हो । मृतकको शव भरतपुर अस्पतालको शव गृहमा राखिएको छ । महिलाको पहिचान हुन सकेको छैन ।

प्रकाशित मिति: सोमबार, साउन ९, २०७९  १७:४८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार