करिब १७ क्विन्टल ‘काईनेटिक’ ढुङ्गासहित एक जना पक्राउ

सोमबार, साउन ९, २०७९
मयुर प्लाई

सुर्खेत ।  वीरेन्द्रनगर नगरपालिका–११ समावेशी टोलबाट १६ क्विन्टल ९१ किलो ७ सय ग्राम कालो सेतो रंगको खनिज पदार्थ (काईनेटिक ढुङ्गा)सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ३२ वर्षीय दिपक बहादुर बस्नेत छन् । उनलाई आइतबार प्रहरीले पक्राउ गरेको हो । 

कर्णाली प्रदेश प्रहरी ब्यूरो र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको संयुक्त टोलीले अवैध उत्खनन गरी दिपकको घरमा लुकाई छिपाई राखिएको उक्त वस्तु फेला पारी उनलाई पक्राउ गरेको हो । 

उनलाई आवश्यक कारबाहीको लागि खानी तथा भूगर्भ कार्यालय सुर्खेतमा बुझाइएको छ ।

प्रकाशित मिति: सोमबार, साउन ९, २०७९  १३:४३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार