कोरोनाबाट गण्डकी प्रदेशमा दुई जनाको मृत्यु

सोमबार, चैत ३०, २०७७

दमौली । गण्डकी प्रदेशमा कोरोना सङ्क्रमणबाट आज दुई जनाको मृत्यु भएको छ । तनहुँ र कास्कीका एक÷एक पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भएको हो । तनहुँको शुक्लागण्डकी नगरपालिकाका ५१ वर्षीय पुरुषको चरक मेमोरियल अस्पतालमा मृत्यु भएको स्वास्थ्य निर्देशक ड.विनोदविन्दु शर्माले जानकारी दिए । ती पुरुषमा यही चैत २३ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । 
कास्कीको पोखरा महानगरपालिकाका ७८ वर्षीय पुरुषको पनि चरक मेमोरियल अस्पतालमा मृत्यु भएको छ । उनको चैत २० गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । 
 

प्रकाशित मिति: सोमबार, चैत ३०, २०७७  १९:५२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार