प्रेस युनियनको केन्द्रीय अध्यक्षमा शिव लम्साल विजयी

सोमबार, साउन ९, २०७९

बागमती । नेपाली कांगे्रसको शुभेच्छुक सस्था नेपाल प्रेस युनियनको केन्द्रीय अध्यक्ष पदमा शिव लम्साल ७४५ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी अनिता विन्दुले ६१२ मत प्राप्त गरिन् ।   अर्का प्रतिस्पर्धी भुवन भट्टले १९ मत पाए ।
वरिष्ठ उपाध्यक्षमा प्रेम केसी निर्वाचित भएका छन् । केसीले ६८५ मत पाए भने उनका प्रतिस्पर्धी सरोज अधिकारीले ६६५ मत ल्याए ।
खुला उपाध्यक्षमा नकुल अर्याल र भीष्मराज ओझा निर्वाचित भए । महिला उपाध्यक्षमा सलोजा दाहाल, समावेशी उपाध्यक्षमा दिपेन्द्र वान्तवा, प्रदेश १ उपाध्यक्षमा डिल्लीराम खतिवडा, मधेशबाट अनिल कर्ण, बागमतीबाट डाक्टर मुरारी अधिकारी, गण्डकीबाट ऋषिकान्त पौडेल, लुम्बिनीबाट माधवप्रसाद अर्याल, कर्णालीबाट राजेन्द्रबहादुर कार्की, सुदूरपश्चिमबाट प्रेम चुनारा र काठमाडौं उपत्यकाबाट जीवन भण्डारी उपाध्यक्षमा निर्वाचित भए ।
यस्तै, महासचिवमा दिलीप पौडेल, खुला उपमहासचिवमा युवराज गौतम, कमल पन्त र रवीन्द्र सुवेदी, महिला उपमहासचिवमा सुलोचना गौतम र दिलिपाश्री अधिकारी,  समावेशी उपमहासचिवमा अभयकुमार राई निर्वाचित भएका छन् ।
खुला सचिवमा केदारप्रसाद दाहाल, खगेन्द्र भण्डारी, भुवन शर्मा र तीर्थराज बस्नेत, महिला सचिवमा मेनुका ढुंगाना, पुष्मा शर्मा र रेजिना गौतम, आदिवासी जनजाति सिचवमा लालकुमार मुक्तान, मधेशी सिचवमा अजित तिवारी, दलित सचिवमा राजन रुचाल, पिछडिएको सचिवमा एलपी देवकोटा, खस–आर्य सचिवमा युवराज रेग्मी, रेडियो सचिवमा नरहरि सापकोटा, छापा सचिवमा राधा खनाल निर्वाचित भएका छन् । कोषाध्यक्षमा माधव धिताल निर्वाचित भएका छन् । महाधिवेशनबाट शब्दपाटीकी सम्पादक रमा लुइँटेल बाग्मती प्रदेश महिला सदस्यमा निर्विरोध निर्वाचित भएकी छन् 
युनियनको हेटौँडामा आइतबार सम्पन्न नवौँ महाधिवेशन अन्तर्गतको निर्वाचनमा एक हजार ६७९ मतदातामध्ये  एक हजार ३९७ मत खसेको निर्वाचन समितिले जनाएको छ ।  

प्रकाशित मिति: सोमबार, साउन ९, २०७९  ०९:०५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार