अछाममा पहिरोले घर पुरिँदा एकैघरका तीन जनाको मृत्यु, एकजना घाइते (अपडेट)

यथाशीघ्र उपचार र तत्कालकाे राहत उपलब्ध गराउन गृहमन्त्रीकाे निर्देशन
सोमबार, साउन ९, २०७९

अछाम ।  पहिरोले घर पुरिँदा अछाममा तीन जनाको मृत्यु भएको छ । तुर्माखाँद गाउँपालिका २ भुलुका अमर विष्टको घर पुरिँदा घरमf सुतिरहेका तीन जनाको मृत्यु भएको हो । अमरका भाइ वीरेन्द्र विष्ट, छोरा संविधान विष्ट र वुहारी हरिकला विष्टको घटनास्थलमै मृत्युु भएको हो ।

295313626_1101696477450407_4892260492594971078_n1658720430.jpg

नैना विष्ट गम्भीर घाइते भएको घटनास्थलमा रहेका स्थानीय निरक शाहीले जानकारी दिए । अहिले स्थानिय जनप्रतिनिधि, प्रहरीको सक्रियतामा उद्धारको काम भइरहेको प्रहरीले जनाएको छ ।

गृहमन्त्री बालकृष्ण खाणले  उपचार र तत्कालकाे राहत उपलब्ध गराउन निर्देशन

गृहमन्त्री बालकृष्ण खाणले अछामको तुर्माखाँद गाउँपालिका –२ भुलुमा आइतबार राति गएकाे पहिरो र त्यसले पुर्‍याएकाे क्षतिबारे जानकारी लिदै आवश्यक पर्ने उद्धार र राहतकाे कार्यमा कुनै कसुर बाकी नराख्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । 

294889060_5328252043932084_3208955953753599879_n1658720406.jpg

गृहमन्त्री खाणले अछामका प्रमुख जिल्ला अधिकारी विश्वराज मरासिनी र जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक नारायण डागीलाई टेलिफाेन गरेर आवश्यक पर्ने सहयाेगबारे मन्त्रालयमा जानकारी गराउन निर्देशन दिदै घाइतेको यथाशीघ्र उपचार र तत्कालकाे राहत उपलब्ध गराउन निर्देशन दिएका हुन् ।

295296644_718914409206271_5196083767410581024_n1658720524.jpg

आइतबार राति अमर विष्टको घर पहिरोमा पुरिँदा उनकी भाउजु हरिकला विष्ट, भाइ विरेन्द्र विष्ट र भतिज १५ वर्षीय संविधान विष्टको मृत्यु भएको प्रजिअ मरासिनीले जानकारी दिए । ६५ वर्षीया नैना विष्टको भने जिवितै उद्धार गरेर अस्पताल पुर्‍याइएकाे मरासिनीले जानकारी दिए । उनको अवस्था सामान्य रहेको छ । पहिरोमा पुरिएर केही चौपाया पनि मरेका प्रजिअ मरासिनीले बताए । घरमुली अमर भने कामका सिलसिलामा घर बाहिर रहेकाे जानकारी आएको र अहिले पहिराे राेकिएकाे उनले बताएका छन् । 

 

प्रकाशित मिति: सोमबार, साउन ९, २०७९  ०८:२४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार