सिन्धुपाल्चोकमा बिहानै भूकम्प

सोमबार, साउन ९, २०७९

काठमाडौं  । सोमबार बिहानै भूकम्प गएको छ ।  राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सिन्धुपाल्चोकको हेलम्बु केन्द्रविन्दू भएर सोमबार बिहान ६ बजेर ७ मिनेटमा ४.७ रेक्टरस्केलको भूकम्प गएको हो । भूकम्पको धक्का काठमाडौंमा पनि महसुस भएको थियो ।

थप विवरण प्राप्त भइसकेको छैन ।

प्रकाशित मिति: सोमबार, साउन ९, २०७९  ०८:०३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार