पाल्पाको लघुवामा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु, १७ जना घाइते

आइतबार, साउन ८, २०७९

काठमाडौं । पाल्पामा लघुवामा बस दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ । गुल्मीबाट बुटवलतर्फ आउँदै गरेको लु १ ख ५९५२ नम्बरको बस पाल्पाको लघुवामा दुर्घटना भएको हो ।  जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् । बस बाटोबाट तल खसेको छ । 

प्रकाशित मिति: आइतबार, साउन ८, २०७९  १७:५६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार