सुत्केरीको निःशुल्क हवाइ उद्धार

आइतबार, साउन ८, २०७९

डोटी । सुत्केरी व्यथा लागेको तीन दिनसम्म बच्चा पाउन नसकेकी अछामको तुर्माखाँद गाउँपालिका–२ भुलुकी २० वर्षीया कृष्णा विकलाई नेपाली सेनाको हेलिकोप्टर मार्फ उद्धार गरिएको छ । उनीलाई उद्धार गरी सुर्खेत प्रादेशिक अस्पतालमा पठाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । राष्ट्रपति हवाई उद्धार कार्यक्रमअन्तर्गत गर्भवतीलाई निःशुल्करूपमा हवाई उद्धार गरिएको भुलु स्वास्थ्य केन्द्रमा अहेव राजेन्द्र विष्टले जानकारी दिए ।
एनका अनुसार कृष्णाको पेटभित्रको नवजात शिशुसँगै रहेको पानी फोका फुटिसकेको र शिशु जन्माउन नसकेका कारण विकलाई उद्धार गरिएकोे हो । उद्धारपछि विकले सो अस्पतालमा शल्यक्रिया मार्फत शिशुलाई जन्म दिएकी जनाइएको छ ।

 

प्रकाशित मिति: आइतबार, साउन ८, २०७९  ०८:०६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार