सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौ । आज प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे संसद भवन बानेश्वरमा बस्दैछ । प्रतिनिधि सभाको कार्यसूची अनुसार आजको बैठकमा दुईवटा विधेयक निर्णयार्थ पेश गरिने छ ।
आज निर्णयार्थ पेश गरिने विधेयकमा राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन सहितको कारागार विधेयक–२०७६ र नेपाल नागरिकता ९पहिलो संशोधन० विधेयक, २०७९ रहेको छ ।
गृहमन्त्री बालकृष्ण खाणले नेपाल नागरिकता ९पहिलो संशोधन० विधेयक, २०७९ लाई पारित गरियोस् भनी प्रस्ताव पेश गर्नेछन् ।
आजको बैठकमा नै प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सभामा उत्पति भएको ‘नेपाल विशेष सेवा विधेयक, २०७६’ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।
साना कम्युनिस्ट पार्टीले आज नागरिकता विधेयक विरुद्ध प्रदर्शन गर्ने
साना पाँच कम्युनिस्ट पार्टीले आज नागरिकता विधेयक विरुद्ध विरोध प्रदर्शन गर्ने भएका छन् ।
विरोध प्रदर्शन गर्ने साना पाँच कम्युनिस्ट पार्टीमा नेकपा, नेकपा ९क्रान्तिकारी माओवादी० र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी लगायत छन् ।
उनीहरुले मध्यान्ह १२ बजे नयाँ बानेश्गरमा विरोधको कार्यक्रम राखेका छन् ।
गृहमन्त्री बालकृष्ण खाणले आज प्रतिनिधि सभा बैठकमा नेपाल नागरिकता ९पहिलो संशोधन० विधेयक, २०७९ लाई निर्णयार्थ पेश गर्दैछन् ।