महोत्तरी प्रहरीको गाँजा र मदिरा नष्ट अभियान

एक वर्षमा १२ भट्टी बन्द, आठ लाख गाँजाका बिरुवा नष्ट
बिहीबार, साउन ५, २०७९
मयुर प्लाई

महोत्तरी । महोत्तरीमा मदिरा तथा गाँजाका कारण सामाजिक कलह बढीरहे पनि कलह नियन्त्रणमा प्रहरी निरन्तर सक्रिय रहेकाे जनाएकाे छ । गाउँगाउँ पुगेर घरेलु मदिरा उत्पादन राेक्नेदेखि लुकिछिपी भइरहेका गाँजा खेती नष्ट गर्न प्रहरी लागिरहेकाे उनीहरूकाे भनाइ छ । आर्थिक बर्ष ०७८/०७९ मा प्रहरीले १२ वटा भट्टी पसल बन्द भएकाे छ भने आठ लाखभन्दा बढी गाँजाका बिरुवा नष्ट गरेकाे जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । १२ भट्टीबाट चार सय ४४ लिटर तयारी मदिरा, ८१ सय लिटर कच्चापदार्थ १२ वटा मेसिनलाई प्रहरीले नियन्त्रण लिएको छ ।  Avatar

यस्तै, आठ बिघाहा क्षेत्रफलमा लगाएकाे आठ लाख गाँजाका बोट समेत नष्ट गरेकाे छ । यो वर्ष मदिरा पसल तथा गाँजाको अड्डा भएको ठाउँमा निगरानी बढाएपछि केही हदसम्म नियन्त्रण भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका सूचना अधिकारी प्रकाश विष्टले जानकारी दिए ।जिल्लाका भित्री बस्तीमा अहिले पनि घरेलु मदिराका कारण हो-हल्ला र झगडा दिनहुँ भइरहेकाे हुन्छ । सरकारले घरेलु मदिरालाई बजारमा ब्राण्ड बनाउने तयारी गरे पनि व्यवस्थित गर्न नसक्दा विकृती बढदै गएको छ । विशेषगरी मजदुर तथा विपन्न वर्गमा झन समस्या छ । सरकारले निश्चित क्षेत्र छुट्याएर उत्पादनका लागि मापदण्ड बनाए विकृती कम हुने र आयआर्जन पनि हुने बताउँछन् स्थानीय रामकिशोर साह । सरकारले गाँजा खेती तथा मदिरा उत्पादनलाई निश्चित मापदण्ड बनाइ सञ्चालन तथा उत्पादन गर्न पाउनु पर्ने व्यवसायीहरूको पनि माग छ ।

 

प्रकाशित मिति: बिहीबार, साउन ५, २०७९  १३:०९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार