सत्ता गठबन्धनप्रति गोकुल बास्कोटाको कटाक्ष; 'देउवा थामिन नचाहने, सुप्रिमो डामिन नचाहने'

बिहीबार, साउन ५, २०७९

काठमाडाै‌ । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुलप्रसाद बास्कोटाले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) र स्टेट पार्टनरसी प्रोग्राम (एसपीपी) लाई लिएर सत्तारुढ गठबन्धनप्रति कटाक्ष गरेका छन् । 

सरकारले एसपीपीमा नेपाल सहभागी नहुने निर्णय गरे पनि सो जानकारी सम्बन्धीपत्र अमेरिकालाई नपठाएपछि उनले सत्तारुढ गठबन्धनप्रति कटाक्ष गरेका हुन् । 

‘गाह्रो छ ओ ! गठबन्धनलाई पनि । बाह्रबुँदे ब्याख्याले टारेका थिए । अब बाह्रसत्ताईस ब्याख्याताको जोहो नगरी धर  नपाउने जस्तो छ,’ बास्कोटाले सामाजिक सञ्जाल ट्वीटरमा आज लेखेका छन्, ‘एसपीपीको नयाँ रूपको ब्याख्याका लागि । देउवा थामिन नचाहने, सुप्रिमो डामिन नचाहने । तर लास्टा उही हो !’ 

प्रकाशित मिति: बिहीबार, साउन ५, २०७९  १०:४९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार