सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । टोखा–खहरे सुरुङमार्गलाई बजेटमा समावेश नगरेको भन्दै सांसदहरुले सरकारसँग प्रश्न गरेका छन । नेकपा एमालेका सांसद नारायणप्रसाद खतिवडाले सो सुरुङमार्गलाई किन बजेटवाट हटाएको हो ? यसबारे जवाफ दिनका लागि सरकारसँग माग गरेका छन् । ‘केपी ओली सरकारले प्राथमिकताका साथ समावेश गरेको टोखा–खहरे सुरुङ मार्गलाई यस पटकको बजेटमा समावेश गरिएको छैन,’ खतिवडाले प्रतिनिधिसभा बैठकमा भने, ‘के सरकार विकास विरोधी भएको हो ? यसको जवाफ सरकारले दिनुपर्छ ।’