डिशहोममा १ वर्षको रिचार्ज गर्दा सुक्लाफाँटा नगरपालिकाका रमेश पन्तले जिते नगद एक लाख 

मंगलबार, साउन ३, २०७९

काठमाडौं ।  अब १ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न पाईने भएको छ । यो योजना अन्तर्गत डिशहोम डि।टि।एच।का ग्राहकहरुले नजिकैको डिलरदाईकोमा गएर फण्ड ट्रान्सफर मार्फत १ बर्षको रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाउने छन् । साथै यो अफर अन्तर्गत रिचार्ज गर्ने मध्ये हरेक हप्ता एक जना भाग्यशाली ग्राहकले लक्की ड्र मार्फत नगद रु एक लाख जित्ने अवसर पाउनेछन् । यसै क्रममा सुक्लाफाँटा नगरपालिका—१ का निवासी रमेश पन्तले एक लाख रुपैयाँ जितेका छन् । केदार ट्रेडिङको डिलर अन्तर्गत रहेको झलारी कञ्चनपुरका सह—बितरक संगम ट्रेडर्स सप्लायर्सका डिलर दाई केपि पाण्डेकोमा एक वर्ष रिचार्ज गरेर पन्तले लक्कि ड्रमा सहभागी हुने अवसर पाएका हुन् । 
डिशहोमको तर्फ वाट एरिया सेल्स म्यानेजर निर्मल आचार्य, केदार ट्रडिङका प्रोप्राईटर लक्ष्मी दत्त पाण्डे र सेल्स अफिसर कमल रिमाल बाट जित्नुभएको पुरस्कार रकम हस्तान्तरण गरेका छन् । विजेता पन्तलाई हार्दिक वधाई दिदै सम्पूर्ण डिशहोम डि.टि.एच।का ग्राहकहरुले यो योजनामा सहभागी जनाई लाभ लिनुहुनेछ भन्ने विश्वास कम्पनीले लिएको छ । लक्कि ड्र को प्रत्यक्ष प्रशारण हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोम रियालिटी टि.भी. रमाईलो एच.डी., सरोकार टि.भी., नेपाः च्यानल, र डिशहोम सोकेसमा हेर्नसकिने छ । 

प्रकाशित मिति: मंगलबार, साउन ३, २०७९  १७:५८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार