सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेपाली कांग्रेस निकट पत्रकारहरूको संगठन नेपाल प्रेस युनियनको अध्यक्षमा संस्थापन पक्षले अनिता विन्दुलाई उम्मेदवार बनाएको छ । यही शुक्रबार र शनिबार (६ र ७ साउन ) हेटौंडामा युनियनको महाधिवेशन हुँदैछ । संस्थापन पक्षबाट अध्यक्षका आधा दर्जन आकांक्षीहरूमध्येबाट संस्थापन पक्षले मंगलबार अनिता विन्दुको नाम छनोट गरेको हो । उम्मेदवारको छनोटका लागि कार्यदल बनेको थियो । कार्यदलमा युनियनका अध्यक्ष बद्री सिग्देलसहित पाँचजना सदस्य थिए ।
काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने युनियनको यो नवौं महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने कार्यक्रम छ । उम्मेदवार छनोटका लागि प्रधानमन्त्रीसँग पनि परामर्श भएको बताइएको छ । नेपाल पत्रकार महासंघको पूर्वउपाध्यक्ष समेत रहेकी अनिता विन्दु नेपाल टेलिभिजनमा कार्यरत छिन् ।
संस्थापनइतर पक्षबाट अध्यक्षमा शिव लम्सालले उम्मेदवारी घोषणा गरेका छन् । बाँकी पदाधिकारीमा पनि अनिता बिन्दु तथा शिव लम्साल समूहका तर्फबाट भन्दै अलग-अलग रुपमा उम्मेदवार दिने चर्चा भइरहेको छ । शब्दपाटी डटकमकी सम्पादक रमा लुइँटेलले पनि केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेकी छन् ।