दुई न्यायाधीशलाई बर्खास्त गर्न सिफारिस गर्ने न्याय परिषद्‌को निर्णय

सोमबार, साउन २, २०७९

काठमाडौं, । न्यायपरिषद् बैठकले थप दुईजना न्यायाधीशलाई बर्खास्त गर्न सिफारिस गरेको छ । सोमबार कसेको परिषद्‌को बैठकले उच्च अदालत र जिल्ला अदालतका न्यायाधीशलाई बर्खास्त गर्न कायममुकायम प्रधानन्यायाधीशसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । बैठकले उच्च अदालतका न्यायाधीश राकेशकुमार निधि र जिल्ला अदालत काठमाडौंका न्यायाधीश अनिलकुमार शर्मालाई बर्खास्त गर्न सिफारिस गरेको न्यायपरिषद्‌का प्रवक्ता मानबहादुर कार्कीले बताए । निधि उच्च अदालत दिपायलको महेन्द्रनगर इजलासको न्यायाधीशमा कार्यरत रहेका छन् । निधि राजविराजमा रहँदा र शर्मा सिरहामा कार्यरत रहँदा खराव आचरण देखाएको भन्दै छानबिनमा तानिएका थिए । 

 

प्रकाशित मिति: सोमबार, साउन २, २०७९  १९:११
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार