कास्कीमा १३ वर्षीयाबा बालिका बलात्कृत 

सोमबार, साउन २, २०७९
मयुर प्लाई

कास्की । कास्कीमा एक जना १३ वर्षीया बालिकालाई बलात्कृत भएकी छन् । ती बालिकालाई बलात्कार गरेको आरोपमा पोखरा महानगरपालिका–१३ बस्ने पर्वत कुश्मा नगरपालिका–६ घर भएका २४ वर्षीय खिम बहादुर बिकलाई प्रहरीले पक्राउ गरेको छ । 

बिकले ती बालिकालाई ललाई फकाई शुक्रबार राति सोही महानगरपालिका–५ लब्लीडाँडामा लगि बलात्कार गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

उनीमाथि जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत कास्कीबाट १० दिन म्याद थप अनुमती लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति: सोमबार, साउन २, २०७९  १२:२०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार