कोरोनाको दोस्रो लहर फैलन सक्ने भन्दै स्वास्थ्य सतर्कता अपनाउन आग्रह

शनिबार, चैत २८, २०७७

काठमाडौं । कोरोनाको दोस्रो लहर फैलन सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) ले आग्रह गरेको छ । सिसिएमसीको आजको बैठकले पछिल्लो समय कोभिड सङ्क्रमणको मात्रा बढेको र नयाँ स्वरूपको भाइरस देखिन थालेको भन्दै आवश्यक सतर्कता जरुरी रहेको निष्कर्ष निकालेको हो ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सचिव खगराज बरालका अनुसार बैठकमा पछिल्लो सङ्क्रमणको स्थिति तथा तयारीको विषयमा छलफल गरिएको र आमरूपमा सतर्कता अपनाउन अपिल गर्ने निर्णय भएको छ ।  यस्तै जिल्लास्थित कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई थप सक्रिय बनाउने, सीमा नाकामा रहेका स्वास्थ्य डेस्कलाई थप प्रभावकारी बनाउने, एन्टिजेन परीक्षण बढाइने भएको छ ।  कोरोनाको लक्षण देखापरेका बिरामीलाई अस्पताल भर्ना गर्ने र लक्षण नदेखिएकालाई क्वारेन्टिनमा राखिनेछ । स्वास्थ्य मापदण्डलाई पूर्णरूपमा पालना गर्न बैठकले आग्रह गरेको छ ।

प्रकाशित मिति: शनिबार, चैत २८, २०७७  २१:३२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार