रोम विधान अनुमोदनको लागि प्रमुख जिल्ला अधिकारमार्फत् प्रधानमन्त्रीलाई ज्ञापन पत्र

आइतबार, साउन १, २०७९

ललितपुर । अन्तर्राष्ट्रिय फौजदारी अदालतको रोम विधान अनुमोदन गर्न माग गर्दैै बागमती प्रदेशका विभिन्न जिल्लाबाट ०७९ साउन १ गते प्रधानमन्त्रीलाई प्रमुख जिल्ला अधिकारीमार्फत् ज्ञापन पत्र बुझाएका  छन् ।  अन्तर्राष्ट्रिय फौजदारी अदालतको स्थापनाका लागि रोम विधान पारित गरिएको दिन १७ जुलाईको स्मरणमा नेपालमा पनि अन्तर्राष्ट्रिय न्याय दिवस मनाइँदै आएको छ । इन्सेक ललितपुर प्रतिनिधि दीपकप्रसाद घिमिरेले साउन १ गते रोम विधान अनुमोदनको माग गर्दै प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायमार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएका छन् । ज्ञापन पत्रमा नेपाल सरकारको तर्फबाट अन्तर्राष्ट्रिय फौजदारी अदालत रोम विधान अनुमोदन गरी अन्तर्राष्ट्रिय कानुनको सम्मान प्रकट गर्न ध्यनाकर्षण गराइएको छ ।

 

प्रकाशित मिति: आइतबार, साउन १, २०७९  १८:३१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार