थप ३३७ मा कोरोना भाइरस सङ्क्रमण पुष्टि

शनिबार, चैत २८, २०७७

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ३३७ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो समय तीन हजार ५३२ जनाको स्वास्थ्य परीक्षण गर्दा सो संख्यामा सङ्क्रमण पुष्टि भएको हो ।  आजसम्म नेपालमा कोरोना भाइरस सङ्क्रमितको संख्या दुई लाख ७९ हजार ७२५ पुगेको छ । त्यस्तै पछिल्लो समय थप १५१ जना निको भएका छन् । यो सँगै निको हुनेको संख्या दुई लाख ७३ हजार ८८६ पुगेको छ । निको हुने दर भने ९७ दशमलव नौ प्रतिशत रहेको छ । अहिले देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार ८०० रहेको छ । उनीहरुमध्ये ८४ जना क्वारेन्टिनमा र  अन्य आइसोलेसनमा रहेका छन् ।  हालसम्म नेपालमा २३ लाख नौ हजार ७७६ को पिसिआर परीक्षण भएको छ । त्यस्तै तीन हजार ३९  जनाले कोरोनाका कारण ज्यान गुमाएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ ।
 

प्रकाशित मिति: शनिबार, चैत २८, २०७७  १९:४१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार