कोरोना प्रभावित विपन्न परिवारलाई आर्थिक सहयोग

शनिबार, असार ३२, २०७९

 

मङ्गलबारे । कोरोना प्रवाभित विपन्न परिवारलाई इलाम नगरपालिकाले आर्थिक सहयोग गरेको छ । कोरोनाबाट प्रभावित भएर छनोटमा परेका १४ परिवारलाई दश हजारका दरले आर्थिक सहयोग गरेको नौ नम्बरका वडाध्यक्ष गोपाल चौहानले जानकारी दिए  ।     वडाबाट पाएको रकमलाई सही ठाउँमा सदुपयोग गर्ने रकम पाएका परिवारका सदस्यको भनाइ छ । कृषि क्षेत्रलाई अगाडि बढाएर व्यावसायिक बनाउन किसानलाई अनुदानका कार्यक्रममा पूर्ण सहभागी गराउने वडाको लक्ष्य रहेको बताइएको छ ।  रासस 

 

प्रकाशित मिति: शनिबार, असार ३२, २०७९  १३:१८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार