नवदम्पतीले घाेषणा गरे विपन्न विद्यार्थीलाई सहयाेग

शुक्रबार, असार ३१, २०७९

अर्घाखाँची । अर्घाखाँचीमा एक नवविवाहित दम्पतीले वैवाहिक खर्च कटाैती गरी विकट क्षेत्रका गरिब विद्यार्थीहरूलाई सहयाेग घाेषणा गरेका छन् । शुक्रबार अदालती विवाहबाट एक भएका नवदम्पती गणेश बेल्वासे र सुमित्रा भण्डारीले शीतगंगा नगरपालिका वडा नं ८,९,१० का विपन्न विद्यार्थीहरूलाई सहयाेग गर्ने घाेषणा गरेका छन् ।

एसईई उत्तीर्ण गरेका विद्यार्थीहरूका लागि सिद्दारामा रहेकाे जनजागृति माध्यमिक विद्यालयमा ५० हजार र अन्य विद्यालयमा आवश्यकता हेरी ५० हजार गरी एक लाखकाे अक्षयकाेष घाेषणा गरेका हुन् ।

लामाे समयदेखि शिक्षण पेसामा रहेका नवदम्पतीले पिछडिएका बालबालिका आर्थिक अभावमा पढाइ छाेड्नुपर्ने अवस्था अन्त्यका लागि केही टेवा पुगाेस् भन्ने मनसायका साथ अनावश्यक खर्च कटाैती गरी सहयाेग गरेकाे बताएका छन् ।

प्रकाशित मिति: शुक्रबार, असार ३१, २०७९  १७:२४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार