सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं ।दाङ, झापा र सुर्खेतमा तीन जना मृत अवस्थामा फेला परेका छन् । दाङको लमही नगरपालिका–३ टिकुलीगढ बस्ने ६० वर्षीय टिकाराम चौधरी सोही ठाउँस्थित खेतमा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
झापाको शिवसताक्षी नगरपालिका–११ स्थित पानी ट्यांकी जाने बाटोको जंगल नजिक चौतारीमा सोही नगरपालिका–८ बस्ने ५५ वर्षीय भरत राई मंगलबार मृत अवस्थामा फेला परेका छन् ।सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ शान्तीटोल बस्ने ९० वर्षीया धनरूपा देवी दमाई घर नजिकै करेसाबारीमा मंगलबार साँझ मृत अवस्थामा फेला परेकी छन् । घरबाट निस्किएकी उनको खोजी गर्ने क्रममा घरकै करेसाबारीमा लडेर मृत्यु भएको अवस्थामा शव फेला परेको हो । सबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।