सोसल मिडिया
Contact Us
युनिकोड
जर्जिया । जर्जियाका प्रधानमन्त्री इराक्ली गारिबाश्भीलीलाई कोरोनाभाइरसको सङ्क्रमण भएको छ । उनको कोरोना परीक्षण गर्दा मङ्गलबार सङ्क्रमण पुष्टि भएको उनी निकटस्थ अधिकारीहरूले जानकारी दिएका छन् । कोरोनाभाइरसबाट सङ्क्रमित भएको पुष्टि भएपछि उनी अहिले सेल्फ आइसोलेसनमा बसेका छन् ।सेल्फ आइसोलेसनबाटै उनले कामलाई निरन्तरता दिएका छन् । कोरोनाभाइरसबाट सङ्क्रमित भएको पुष्टि भए पनि प्रधानमन्त्रीले कुनै असहज महसुस नगर्नु भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । जर्जियामा मङ्गलबार मात्रै उहाँसँगै अरु ८९७ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । योसँगै जर्जियामा अहिलेसम्म दुई लाख ८४ हजार ९५८ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएको तथ्याङ्क छ ।– सिन्ह्वा