२४ घण्टामा थपिए १३८० कोरोना भाइरस संक्रमित

१९ जनाको मृत्यु
शनिबार, मंसिर १३, २०७७

काठमाडौं । नेपालमा विगत २४ घण्टामा १,३८० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सो अवधिमा कोभिड–१९ कारण १९जनाले ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोभिड–१९ का कारण मृत्यु हुने संक्रमितको कुल संख्या १४५४ पुगेको छ । अहिलेसम्म देशभरि २ लाख ३० हजार ७२३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भइसकेको छ । काठमाडौं उपत्यकामा सर्वाधिक संख्यामा संक्रमित भेटिने क्रम जारी छ । मन्त्रालयका अनुसार विगत २४ घण्टामा ५१५ जना संक्रमित कोरोनाभाइरसमुक्त प्रमाणित भएका छन् । पुष्टि भएका संक्रमितमध्ये अहिलेसम्म २ लाख ११ हजार १८६ जना निको भइसकेका छन् । अहिले देशभरि १८ हजार ८३ संक्रमित होम तथा संस्थागत आइसोलेशनमा छन् । ६१८ जना क्वारन्टीनमा छन् ।
 

प्रकाशित मिति: शनिबार, मंसिर १३, २०७७  १८:३०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार