सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । सिरहा र पाल्पामा डुबेर दुई जनाको मृत्यु भएको छ । सिरहाको सिराहा नगरपालिका–१९ सन्हैठा कोरियानी टोल बस्ने कासी रायको छोरा ७ वर्षीय करण कुमार रायको सोमबार डुबेर मृत्यु भएको छ । सोही ठाउँस्थित सहजा खोलामा नुहाउने क्रममा उनी डुबर बेपत्ता भएका थिए । प्रहरी चौकी सन्हैठाबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा घटनास्थलबाट करिब १ सय मिटर टाढा उनको शव फेला पारेको हो । पाल्पाको गुल्मी छ्त्रकोट गाउँपालिका–६ अर्चलेखेतस्थित रिडी नदीमा डुबेर रैनादेबी छहरा गाउँपालिका–३ छचुवा बस्ने पूर्ण बहादुर कुमालको छोरा ३ वर्षीय मनिस बहादुर कुमालको सोमबार मृत्यु भएको छ । डुबेर अचेत अवस्थामा भेटिएका उनको रैनादेवी गाउँपालिका–३ छचुवाबाट उद्दार गरी स्थानीय मेडिकल हुँदै थप उपचारको सोही गाउँपालिका–४ स्थित छहरा बजारतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
खोलामा डुबेर बालकको मृत्यु कपिलवस्तुको सुरही खोलामा डुबेर आज एक बालकको मृत्यु भएको छ । शिवराज नगरपालिका–२ का आठ वर्षीय सुचान रोकाको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो । वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक कपिलजङ्ग शाहीका अनुसार बहिनी र साथीसँगै घरबाट निस्केका रोका पौडी खेल्ने क्रममा डुबेको जानकारी दिए। रोकाकी बहिनीले स्थानीयवासीलाई घटनाबारे जानकारी गराएकी थिइन् । रोकाको शव परीक्षणका लागि अस्पतालमा राखिएको छ । यसअघि पनि सोही स्थानमा पौडी खेल्ने क्रममा डुबेर तीन युवाको मृत्यु भएको थियो ।