मन्त्रिपरिषद्को निर्णय बिवादमा

शनिबार, कात्तिक १४, २०८३

स्याङ्जा । स्याङ्जाको मध्यभागमा पर्ने वालिङ् र आसपासका क्षेत्रको सुरक्षालाई दृष्टिगत गर्दै २०६० सालमा यहाँ स्थापित सशस्त्र प्रहरी बलको जग्गा ब्यबस्थापन गर्न गत असौज १९ गतेको मन्त्रिपरिषद्को निर्णय बिवादमा परेको छ । पूर्णामृत भवानी माविको स्वामित्वको कित्ता नम्बर ४८२ को २९–५–२–१ क्षेत्रफलको जग्गा अधिग्रहण गर्न मन्त्रिपरिषद्ले स्वीकृति प्रदान गर्दै प्रक्रिया अघि बढाउन निर्देशन दिएको थियो । विद्यालयको सहमति बिना थालनी गरिएको प्रक्रियाप्रति आपत्ति प्रकट गर्दै शुक्रबार प्रमुख जिल्ला अधिकारी निराजन घिमिरेलाई विद्यालयको तर्फबाट बिरोधपत्र बुझाईएको छ ।  विद्यालयलाई उक्त जग्गा दाताबाट प्राप्त भएको र आगामी दिनमा विद्यालयले मेडिकल , बनबिज्ञान , ईन्जिनियरिङ , कृषि , बायो ईन्जिनियरिङ लगायतका बिधाका कक्षा संचालन गर्ने योजना बनाएकोले जग्गा दिन नसकिने जनाएको छ । प्रमुख जिल्ला अधिकारी निराजन घिमिरेसंग अबको प्रक्रिया बारे जिज्ञासा राख्दा प्रारम्भिक प्रक्रिया शुरु भएकाले सशस्त्र प्रहरी उपरीक्षकको प्रतिबेदन प्राप्त भएपछि १५ दिने सार्वजनिक सूचना जारी गरिने र प्राप्त सुझाव र उजुरीका आधारमा रायसहित गृहमंत्रालय फाईल पठाईने जानकारी दिएका छन् ।

प्रकाशित मिति: शनिबार, कात्तिक १४, २०८३  १२:०९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार