थपिए २६६ मा कोरोना भाइरस सङ्क्रमित 

सोमबार, चैत २३, २०७७

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप २६६ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय चार  हजार ५३६  जनाको स्वास्थ्य परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । 
आजसम्म नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई लाख  ७८ हजार २१० पुगेको छ । त्यस्तै पछिल्लो समय थप १०२ निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या दुई लाख ७३ हजार ३४२   रहेको छ । निको हुने दर भने ९८ दशमलब ३ प्रतिशत रहेको छ । 
अहिले देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार ८३२ रहेको छ । उनीहरुमध्ये ६४ जना क्वारेन्टिनमा छन् भने अन्य आइसोलेशनमा रहेका छन् । हालसम्म नेपालमा २२  लाख ८२  हजार ८२४  को पिसिआर परीक्षण भएको छ । त्यस्तै तीन हजार ३६ जनाले कोरोनाको कारण ज्यान गुमाएको मन्त्रालयले जनाएको छ ।  काठमाडौँ उपत्यकामा पछिल्लो समय १३६ मा कोरोना सङ्क्रमण देखिएको छ । जसमा काठमाडौँमा ९८, ललितपुरमा २६, भक्तपुरमा १३, चितवनमा ३७ र कास्कीमा १९ रहेका छन् ।  त्यस्तै पछिल्लो २४ घण्टामा दुईको मृत्यु भएको छ भने चारको मृत्यु पुष्टि भएको छ ।  
 

प्रकाशित मिति: सोमबार, चैत २३, २०७७  २२:२६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार