उपत्यकामा थप तीन जनामा हैजा

शुक्रबार, असार १७, २०७९

काठमाडौ । काठमाडौँ उपत्यकामा आज थप तीन जनामा हैजा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको बुलेटिनका अनुसार  यो सङ्ख्यासँगै अहिलेसम्म उपत्यकामा १७ जनामा हैजा पुष्टि भएको छ । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले तीमध्ये १२ पुरुष र पाँच महिला छन् भने पाँच जनाको उपचार भइरहेको छ । रासस 
 

प्रकाशित मिति: शुक्रबार, असार १७, २०७९  १७:४०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार