कोभाक्स र द्विपक्षीय सम्झौताबाट अफ्रिकामा २ करोड ९१ लाख डोज खोप पुग्यो

आइतबार, चैत २२, २०७७

अदिस अबाबा । अफ्रिकी मुलुकहरुले कोभाक्स सुविधा र द्विपक्षीय सम्झौता अन्तर्गत कोभिड–१९ विरुद्धको करिब दुई करोड ९१ लाख डोज खोप प्राप्त गरेका छन् ।  अफ्रिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (अफ्रिका सिडिसी) का अनुसार गत बिहीबारसम्म एक करोड ३ लाख डोज खोप मानिसहरुलाई लगाइसकिएको छ । अफ्रिकी युनियन मातहतको अफ्रिका सिडिसीले खोप प्राप्त गरेकाहरुमा मुख्यगरी स्वास्थ्य कार्यकर्ता, विभिन्न रोगको जोखिममा रहेका तथा ५० वर्ष वा सोभन्दा बढी उमेर समूहका व्यक्तिहरु रहेको जनाएको छ ।
अफ्रिका सिडिसीले यसै साताको शुरुमा जोन्सन एन्ड जोन्सन र अफ्रिकी खोप कार्यदलबीच सम्झौता भएको बताएको छ । सम्झौता बमोजिम जोन्सन एन्ड जोन्सनले अफ्रिकी युनियनका सदस्य राष्ट्रहरुलाई २२ करोड डोज खोप उपलब्ध गराउने छ । साथै, १८ करोड डोज खोप थप खरिद गर्न सकिने समेत सम्झौतामा उल्लेख छ । जोन्सन एन्ड जोन्सनको खोप दक्षिण अफ्रिकामा रहेको अस्पेन बायोफर्माले उत्पादन गर्नेछ ।अफ्रिका सिडिसीले सार्वजनिक गरेको पछिल्लो विवरणमा गत शुक्रबारसम्म अफ्रिकामा कोभिड–१९ बाट सङ्क्रमितको संख्या ४२ लाख ४० हजार पुगेको छ भने एक लाख १३ हजारभन्दा बढीको मृत्यु भएको छ ।– सिन्ह्वा
 

प्रकाशित मिति: आइतबार, चैत २२, २०७७  १५:१४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार