कोभिड महामारी समाप्त भएको छैनः डब्लूएचओ

बिहीबार, असार १६, २०७९

न्युयोर्क । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले बुधबार कोभिड–१९ महामारी परिवर्तन भइरहेको तर यो समाप्त नभएको जनाएको छ । डब्लूएचओले  ११० राष्ट्रमा संक्रमण बढिरहेको चेतावनी पनि दिएको छ ।

 ‘यो महामारी परिवर्तन भइरहेको छ । तर, समाप्त भएको छैन । कोभिड १९ भाइरस ट्र्याक गर्ने हाम्रो क्षमता खतरामा छ किनकि रिपोर्टिङ र जिनोमिक अनुक्रमहरू घट्दै गएका छन्, जसको अर्थ ओमिक्रोन लाई ट्र्याक गर्न र भविष्यमा देखापर्ने भेरियन्टहरूको विश्लेषण गर्न गाह्रो भइरहेको छ,’ डब्लूएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेब्रेयससले भने । 

प्रकाशित मिति: बिहीबार, असार १६, २०७९  १०:४९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार