विकास योजना र सम्पदा संरक्षणमा साझेदारी खोज्दै ललितपुर र भक्तपुर

भक्तपुर र ललितपुरका  नगरप्रमुख बीच  भेट 
बुधबार, असार १५, २०७९

भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनबीच बुधबार भक्तपुर नगरपालिकाको  सभाकक्षमा भेटवार्ता भएको छ । भेटमा नगर प्रमुख प्रजापतिले प्रमुख महर्जनलाई खादा र भादगाउँले टोपी लगाएर स्वागत गरेका  थिए ।   प्रमुखहरूबीच नगरपालिकाको नीति तथा कार्यक्रम , भावी योजना र विकास योजना बारे छलफल भएको थियो ।सोही क्रममा प्रमुख प्रजापतिले भक्तपुर नपाका वडाहरूमा प्रत्येक एक वर्षमा करिब १० वटा सम्पदा पुनःनिर्माण गर्ने नीति ल्याएको बताए । 

भक्तपुर नपाले हनुमानघाटमा सुधारिएको शवदाह गृह निर्माण गरी सञ्चालनमा समेत ल्याइसकेको  प्रजापतिले जानकारी दिए । सञ्चार क्षेत्रमा विषेश काम गरेको  बताउँदै  ख्वप टेलिभिजन सञ्चालन गर्न आवश्यक तयारीमा जुटेको उल्लेख गरे  ।ललितपुर महानपाका प्रमुख चिरिबाबु महर्जनले सम्पदा पुनःनिर्माणमा भक्तपुर नपा अग्रस्थानमा रहेको उल्लेख गर्दै  कामको प्रशंसा गरे ।  उनले सांस्कृतिक र पर्यटकीय नगरको संरक्षणमा ललितपुर महानपाले विशेष कार्यक्रमहरुलाई अगाडि सार्दै आइरहेको बताए  ।

ललितपुर महानपाभित्र रहेका ऐलानी, पर्ती, सरकारी र सार्वजनिक जग्गा   कुनै पनि प्रयोजनको लागि प्रयोग नगर्ने  नीती लिएको  महानगर प्रमुख  महर्जनले बताए  ।भेटमा भक्तपुर  नगरपालिकाका वडा नं २ का वडाध्यक्ष हरिप्रसाद बासुकला, भक्तपुर  प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी, प्रशासकीय अधिकृत दामोदर सुवालको पनि उपस्थिति रहेको थियो । भेटपश्चात नगर प्रमुख प्रजापतिले भक्तपुरको प्रसिद्ध मयुरको झ्याल र नगरपालिकाका प्रकाशनहरु उपहारस्वरुप प्रदान गरेका  थिए ।289048303_1074980226460276_1071707739904778403_n1656506352.jpg 

प्रकाशित मिति: बुधबार, असार १५, २०७९  १८:१४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार