गोदावरीले नगरवासीलाई उद्यमी बनाउन ल्यायो विशेष कार्यक्रम 

उद्यम गर्न चाहनेलाई न्यून ब्याजदरमा सहकारीसँग समन्वय गरी ऋण दिने 
आइतबार, असार १२, २०७९

ललितपुर । गोदावरी नगरपालिकाले नगरभित्रका युवाहरुलाई उद्यमी बनाउन विशेष कार्यक्रम ल्याएको छ । आर्थिक वर्ष ०७९-८० को पारित बजेट र नीति तथा कार्यक्रममा उक्त कार्यक्रमका बारेमा उल्लेख छ । गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले नगरभित्रका युवाहरुलाई उद्यमी बनाउन उद्यम गर्न चाहने युवा र महिलालाई सहकारीसँग समन्वय गरी न्यून ब्याजदरमा ऋण उपलब्ध गराउने बताए । युवा रोजगार कार्यक्रम अन्तर्गत ५०-५०को अवधारण अनुसार नगरभित्रका युवाहरुलाई उद्यमी बनाउन युवा लक्षित कार्यक्रम संचालन गरिने उल्लेख छ । युवा कृषकहरुलाई गोदावरी उद्योग वाणिज्यसँग सहकार्य गरी न्यून ब्याजदरमा ऋणको व्यवस्था मिलाउने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । नगरपालिकाले महिलाहरुलाई उद्यमी बनाउन झोला, चप्पल, साबुन , कपडा तथा सौन्दर्य सामान उत्पादनका लागि लागि साना उद्योग स्थापनाको नीति अबलम्बन गर्ने नगरप्रमुख महर्जनले बताए ।

प्रकाशित मिति: आइतबार, असार १२, २०७९  १३:५०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार