गोदावरीले नगर बस सञ्चालन गर्ने 

शनिबार, असार ११, २०७९

ललितपुर । गोदावरी नगरपालिकाले नगर बस सञ्चालन गर्ने भएको छ । गोदावरी नगरपालिकाले सार्वजनिक यातायातको सहज पहुँचका लागि नगर बस सञ्चालन गर्न लागेको हो ।  आर्थिक वर्ष ०७९÷०८० को नीति तथा कार्यक्रममा नगर बस सञ्चालन गर्ने उल्लेख छ । नगरपालिकाले नगर बस सञ्चालनका लागि ५ करोड बजेट विनियोजन गरेको छ ।  गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले सार्वजनिक यातायातमा सहज पहुँच होस् भन्ने उद्देश्यले नगरबस सञ्चालन गर्न लागेको बताए । उनले भने, ‘नगरबस अपाङ्ग मैत्री र धेरै यात्रु अटाउने अर्थात मास ट्रान्पोटेसनलाई प्राथमिकता दिने हुन्छ ।’ 
यसैगरी निजी सवारी साधान किन्न चाहने नगरवासीलाई विद्युतीय सवारी किन्न प्रोत्साहित गर्दै वित्तीय संस्थासँग समन्वय गरी सहुलितयपूर्ण ब्याजमा उक्त साधन किन्ने व्यवस्था मिलाउने समेत नगरपालिकाले प्रस्तुत गरेको नीति तथा कार्यक्रमा उल्लेख छ । 
 

प्रकाशित मिति: शनिबार, असार ११, २०७९  १८:३३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार