गोदावरी नगरपालिकाले ल्यायो दुई अर्ब ३७ करोडको बजेट 

पूर्वाधारसहित स्वास्थ्य र शिक्षा प्राथमिकतामा 
शनिबार, असार ११, २०७९

ललितपुर । ललितपुरको गोदावरी नगरपालिका आर्थिक वर्ष ०७९-०८० का लागि दुई अर्ब ३७ करोक बजेट ल्याएको छ ।  स्थानीय तह निर्वाचन ०७९ पछिको पहिलो नगरसभाले उक्त बजेट पारित गरेको हो ।

Goda1656159158.jpgनगरपालिकाले आर्थिक वर्ष ०७९-०८० मा शिक्षा,स्वास्थ्य, पूर्वाधार र संस्कृति संरक्षणलाई प्राथमिकतामा राखेको नगरप्रमुख गजेन्द्र महर्जनले बताए । गोदावरी नगरपालिका उपत्यकाको ठूलो र नयाँ नगरपालिका हो । उनले भने, ‘यो नगरपालिका ठूलो र नयाँ हो, त्यसैले पूर्वाधार निर्माणको काम निरन्तर चलिरहन्छ, पूर्वाधारसँगसँगै शिक्षा, स्वास्थ्यलाई बढी प्राथमिकतामा राखेका छौं ।’

go1656159418.jpgनगरपालिकाले शिक्षा क्षेत्रमा आर्थिक वर्ष ०७९-०८० का लागि ५ करोड विनियोजन गरेको छ । स्वास्थ्यमा ३ करोड विनियोजन गरेको छ । पूर्वाधार क्षेत्रमा ३५ करोड विनियोजन गरेको छ ।  यसैगरी सम्पदा संरक्षण अन्तर्गत पोखरी निर्माण र पुनर्निर्माणमा ३ करोड,पार्क तथा मन्दिर पुनर्निर्माणमा ५ करोड  विनियोजन गरिएको छ  । विपद् व्यवस्थापन अन्तर्गत १ करोड ९० लाख, पशु स्वास्थ्य तथा विमा कार्यक्रम अन्तर्गत १करोड ५०, कृषि तर्फ १ करोड ५० विनियोजन गरिएको छ  । नगरप्रमुख महर्जनले यो बजेट जनमुखी र जनताको दैनिक सजिलो बनाउन केन्द्रित रहेको बताए । 

gomi1656159188.jpg

प्रकाशित मिति: शनिबार, असार ११, २०७९  १७:५०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार