उदयपुरको जिसस प्रमुखमा एकीकृत समाजवादीका विश्वकर्मा र उपप्रमुखमा कांग्रेसका गिरी

बिहीबार, असार ९, २०७९
डिस होम विज्ञापन
Global Ime Bank

उदयपुर ।  उदयपुरको जिल्ला समन्वय समिति प्रमुखमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । प्रमुखमा एकीकृत समाजवादीका गौरबहादुर विश्वकर्मा र उपप्रमुखमा नेपाली कांग्रेसका तेजप्रसाद गिरी निर्वाचित भएका छन् । कुल १६ मतदातामध्ये ११ मत प्राप्त गरेर उनी विजयी भएका हुन् । निकटतम प्रतिद्वन्द्वी एमालेका इन्द्रराज कार्कीले पाँच मत पाए । आठ स्थानीय तह रहेको गठबन्धनतर्फ कांग्रेसका सात, माओवादीका तीन र एकीकृत समाजवादीका एक मतदाता थिए ।एमालेका पाँच मतदाता थिए । 

जिल्ला समन्वय समितिका सातजना सदस्यमा गठबन्धनतर्फका सबै उम्मेदवार निर्वाचित भएका छन् । महिला सदस्यमा  माओवादी केन्द्रकी गोमा कार्की, बिन्दाकुमारी विश्वकर्मा र कांग्रेसबाट मन्जुकुमारी परियार निर्वाचित भएका छन् ।दलित तथा अल्पसंख्यक सदस्यबाट ‍माओवादी केन्द्रका पदकुमार राई, सदस्यहरूमा माओवादी केन्द्रका इन्द्रबहादुर थापा, कांग्रेसका विष्णु कटुवाल, भीमचन्द्र राई निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएकाे छ ।गठबन्धन दलहरूबीच एकीकृत समाजवादीले समन्वय प्रमुख र कांग्रेसले उपप्रमुख पाउने सहमति भएको थियो । 

प्रकाशित मिति: बिहीबार, असार ९, २०७९  १७:०७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार
थप समाचार
ललितपुर महानगरको बजेट पारित
बिहीबार, असार ९, २०७९