थप १६ सय जनामा कोरोना भाइरस संक्रमण

मृतकको संख्या १४ सय नाघ्यो
बिहीबार, मंसिर ११, २०७७

काठमाडौैं । विगत २४ घण्टामा नेपालभरि १ हजार ६०० भन्दा केही बढी मानिसमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९,४९१ जनाको परीक्षण गर्दा त्यति संख्यामा संक्रमित फेला परेका हुन् । सो अवधिमा २३ जनाको कोभिड–१९ का कारण मृत्यु भएको छ । यो वृद्धिसँगै नेपालमा पुष्टि भएका संक्रमितको कुल संख्या दुई लाख २७ हजार नाघेको छ । तर पर्याप्त परीक्षण नभएकाले यो संख्याले नेपालमा कोरोनाभाइरस महामारीको वास्तविक अवस्था चित्रण गर्न नसक्ने धारणा विज्ञहरूको छ । मन्त्रालयले बिहीबार अपराह्न प्रकाशित गरेको विवरणअनुसार अहिले नेपालभरि १६,७९३ जनामा सक्रिय संक्रमण छ ।
मन्त्रालयका अनुसार अहिलेसम्म देशभरि १ हजार ४१२ संक्रमितको मृत्यु भएको छ । नेपालमा संक्रमितको मृत्युदर ०.६ प्रतिशत जति छ । काठमाडौं उपत्यकाका तीन जिल्लामा धेरै संक्रमित फेला पर्ने क्रम अहिले पनि जारी छ । नेपाल विश्वभरि कोरोनाभाइरस महामारीबाट प्रभावित देशमध्ये शीर्ष ४० स्थानभित्र पर्छ । दक्षिण एशियामा भने भारत, पाकिस्तान र बंगलादेशपछि नेपाल चौथो स्थानमा छ ।

कति निको भए ?
मन्त्रालयले प्रकाशित गरेको विवरणमा २४ घण्टाको अवधिमा थप १,४३७ जना संक्रमणमुक्त भएको उल्लेख छ । अहिलेसम्म कुल दुई लाख ९,४३५ संक्रमित निको भएका छन् । नेपालमा संक्रमित निको हुने दर ९२ प्रतिशत छ । मंगलबार १ हजार ७९० जनामा संक्रमण र २४ जनाको मृत्यु तथा बुधवार थप १९ सय ४८ जनामा संक्रमण र २८ जनाको मृत्यु भएको थियो । गत कात्तिक ५ गते सर्वाधिक ५,७४३ जना संक्रमित फेला परेका थिए ।

को हुन् संक्रमित ?
अहिले विभिन्न जिल्लामा संक्रमित फेला परेका हुन् । तीमध्ये ६४० महिला र ९७४ पुरुष छन् । अहिले काठमाडौंमा ६२० जनासहित उपत्यकामा ७८५ संक्रमित भेटिएका हुन् । मन्त्रालयका अनुसार २४ घण्टामा झापामा ७६, मोरङमा १५३, चितवनमा २२, भक्तपुरमा ५१, ललितपुरमा ११४, नवलपरासी पूर्वमा ५१, र दाङमा ५२ जनामा कोभिड(१९ पुष्टि भएको हो । काठमाडौं ७,६४४ अनि भक्तपुरमा ५८९ र ललितपुरमा १,४९४ गरी उपत्यकामा ९,७२७ जना निको हुन बाँकी संक्रमित छन् ।
 

प्रकाशित मिति: बिहीबार, मंसिर ११, २०७७  १७:१९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार