कोरोना भाइरसबाट भारतमा एकै दिनमा ४५९ जनाको मृत्यु 

बिहीबार, चैत १९, २०७७

नयाँदिल्ली । भारतमा कोरोना भाइरस संक्रमणबाट एकै दिनमा ४५९ जनाको मृत्यु भएको छ । एकै दिनमा यति धेरै मानिसको मृत्यु भएको यो वर्षकै पहिलो घटना भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बताएको छ ।  यो संख्यासँगै कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या एक लाख ६२ हजार ९२७  जना पुगेको छ । गत जनवरीमा कोरोना संक्रमितको दैनिक संख्या १० हजार भन्दा कम थियो ।  जनवरी २५ र २६  का दिनमा भारतमा २४ घण्टामा कोरोना भाइरस संक्रमित संख्या करिब ९ हजार १०० भएको थियो । 
कोरोना संक्रमितको उक्त संख्या यसअघिका २३७ दिनहरुका सब भन्दा कम थियो । हालका केही दिनयता भारतमा कोरोना संक्रमित र सक्रमणबाट मृत्यु हुने व्यक्तिको सख्या बढ्न थालेको छ ।  गत २४ घण्टामा ७२ हजार भन्दा बढी व्यक्तिमा कोरोना संक्रमण देखिएपछि कूल संक्रमितको सङ्ख्या एक करोड २२ लाख २१ हजार पुगेको छ । कूल सङ्क्रमितमध्ये पाँच लाख ८४ हजार ५६६ जना अहिले पनि संक्रमित अवस्थामै रहेका छन् भने एक करोड १४ लाख ७४ हजार भन्दा बढी संक्रमणमुक्त भएका छन् । 
जनवरी १६ बाट सुरु भएको कोरोना भाइरसविरुद्धको खोप अभियानमा ६ करोड ५० लाख भन्दा बढी सहभागी भइसकेका छन् । 
कोरोना परीक्षण गर्ने क्रम पनि चलिरहेको भारतीय चिकित्सा अनुसन्धान परिषद्ले जनाएको छ । परिषद्का अनुसार सोमबारसम्म भारतमा २४ करोड ४६ लाख हजारभन्दा बढी व्यक्तिको कोरोना परीक्षण गरिएको छ । मंगलबार एकै दिनमा दश लाख भन्दा बढीको कोरोना परीक्षण गरिएको थियो ।–सिन्ह्वा 
 

प्रकाशित मिति: बिहीबार, चैत १९, २०७७  २१:१४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार