प्रधानमन्त्रीको अमेरिका भ्रमणबारे प्रष्ट पार्न माधव नेपालको माग

सोमबार, जेठ ३०, २०७९

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले अमेरिका भ्रमणका विषयमा जानकारी लिन प्रधानमन्त्री शेरबहादुर देउवालाई बोलाउने निर्णय गरेको छ । 

सोमबार बसेको समितिको बैठकमा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणबारे स्पष्ट जानकारी दिनुपर्ने बताएका थिए । देउवा प्रधानमन्त्रीको हैसियतमा अमेरिका भ्रमण हुन लागेकाले यसबारे सदन र सांसदलाई जानकारी दिनुपर्ने नेता नेपालको भनाइ थियो । 

नेपालसहितका सांसदहरुले प्रधानमन्त्रीको अमेरिकाबारे चासो राखेपछि समितिले यसबारे जानकारी लिन प्रधानमन्त्री देउवालाई बोलाउने निर्णय गरेको हो । 

देशको असंलग्न परराष्ट्र नीति कार्यान्वयनको विषयमा छलफल गर्न प्रधानमन्त्री र परराष्ट्रमन्त्री डा.नारायण खड्कालाई बोलाउने समितिले निर्णय गरेको हो । 
 

प्रकाशित मिति: सोमबार, जेठ ३०, २०७९  १६:५२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार