विभिन्न जिल्लाका समन्य समितिमा मिश्रित परिणाम 

आइतबार, जेठ २९, २०७९

काठमाडौं । स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि विभिन्न जिल्लाका समन्वय समितिको निर्वाचन सम्पन्न भएका छन् । समन्वय समितिको निर्वाचनबाट गठबन्धन दल तथा एमालेका उम्मेदवारहरू विजयी भएका छन्  
यसैबीच,रोल्पामा माओवादीको प्यानलै विजयी भएको छ ।  जिल्ला समन्वय समिति रोल्पाको आज सम्पन्न निर्वाचनमा नेकपा (माओवादी केन्द्र) को प्यानलै विजयी भएको हो । समितिको प्रमुखमा सीता आचार्य निर्वाचित भएकी छन् । जिल्ला समन्वय समितिको उपप्रमुखमा सोही पार्टीका कर्मलाल परियार निर्वाचित भएका हुन् ।  समन्वय समितिको सदस्यमा माओवादी केन्द्रको तर्फबाट ईन्द्रबहादुर रोका, केवलप्रसाद घर्ती र शेरबहादुर पुनः निर्वाचित भएका छन् । दलितबाट अल्पसङ्ख्यक सदस्यमा माओवादी केन्द्रका निलम सुनार निर्वाचित भएकी छन् । महिला सदस्यमा सोही पार्टीका जितकुमारी विक, मिना सुनार र शर्मिला पुनमगर निर्वाचित भएका छन् । बीस मतदाता रहेको रोल्पामा माओवादी केन्द्रको १४, नेपाली कांग्रेसको पाँच र नेकपा (एमाले) को एक मतदाता थिए । उपप्रमुखबाहेक सबै पदनिर्विरोध भएको हो । उपप्रमुखमा नेपाली कांग्रेसका टेकबहादुर बस्नेतले उम्मेदवारी दिएका थिए । उपप्रमुखमा माओवादी केन्द्रका कर्मलाल परियारले १३ मत र कांग्रेसका टेकबहादुर बस्नेतले ५ मत प्राप्त गरेका थिए । एक मत बदर भएको थियो भने एमालेले मतदानमा सहभागिता जनाएन् । 

जिसस सिन्धुपाल्चोकको प्रमुखमा कांग्रेसका श्रेष्ठ निर्वाचित

जिल्ला समन्वय समिति सिन्धुपाल्चोकमा नेपाली कांग्रेस र नेकपा ९एकीकृत समाजवादी०को गठबन्धनको प्यानल  निर्वाचित भएको छ । आज सम्पन्न निर्वाचनमा जिल्ला समन्वय समिति प्रमुखमा गठबन्धनबाट कांग्रेसका उम्मेदवार बालकृष्ण श्रेष्ठ १३ मत ल्याई निर्वाचित भए । 
उनका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका उम्मेदवार गणेश विकले १० मत प्राप्त गर्नुभयो । एक मत खाली रहेको थियो । यहाँ कांग्रेस र समाजवादी तथा एमाले र माओवादी केन्द्रबीच गठबन्धन भएको थियो । बाह्र स्थानीय तह रहेको सिन्धुपाल्चोकमा जिसस निर्वाचनका लागि कूल २४ मतदाता रहेका छन् ।
उपप्रमुखमा गठबन्धनबाट समाजवादीका पदमनाथ नेपाल १३ मत प्राप्त गरी विजयी हुनुभयो । नेपालका प्रतिस्पर्धी एमालेका उम्मेदवार जङ्गप्रताप सिलवालले ११ मत प्राप्त गरे । समन्वय समितिको सदस्यमा समाजवादीबाट एक र कांग्रेसबाट छ जनाले १३÷१३ मत प्राप्त गरी विजयी भएको निर्वाचन अधिकृत चन्द्रप्रकाश तिवारीले जानकारी दिए। जितबहादुर कार्की, बलराम केसी, विक्रम तामाङ, अम्बिका बस्नेत, ढकमाया सेतो कोइराला, सोममाया श्रेष्ठ, तारा नेपाली सदस्यमा विजयी भएका छन् ।

जिसस स्याङ्जामा गोलाप्रथा, प्रमुखमा कांग्रेस

स्याङ्जा जिल्ला समन्वय समिति (जिसस) मा गोलाप्रथाबाट नेतृत्व टुङ्ग्याइएको छ । नेपाली कांग्रेस र नेकपा एमालेले सहमतिका आधारमा गोलाप्रथाबाट नेतृत्वको चयन गरेका हुन् । एघार स्थानीय तह रहेको स्याङ्जामा दुवै दलबाट ११÷११ जना निर्वाचित भएपछि प्रमुखसहित चारसदस्य र उपप्रमुखसहित पाँच सदस्य रहनेगरी गोलाप्रथा गरिएकामा प्रमुखसहित चार सदस्य कांग्रेसलाई र उपाध्यक्षसहित पाँच सदस्य एमालेलाई परेको हो ।
प्रमुखसहित चार सदस्य नेपाली कांग्रेसले पाउने भएपछि पार्टीको बैठकले निर्णय गरेर उम्मेदवार टुङ्ग्याएको कांग्रेस प्रवक्ता भरतराज लम्सालले जानकारी र्दिए। उनका अनुसार नेपाली कांग्रेसले प्रमुखमा श्रीप्रसाद जिटीसहित सदस्यमा नेमबहादुर राना, सरस्वती बगाले र गीता खाँणलाई सिफारिस गरेको छ । पार्टीमा लामो समयसम्म सङ्घर्ष गरेको र पार्टीप्रति देखाइएको योगदानको कदर गर्दै समन्वय प्रमुखमा पठाउने निर्णय गरिएको प्रवक्ता लम्सालले जानकारी दिए ।
कांग्रेसका पूर्वजिल्ला सभापति, नेविसङ्घका संस्थापक सभापति रहनुभएका जिटीले प्रजातन्त्र स्थापनाका लागि पटकपटक जेल जीवन बिताएका थिए । एमालेले उपप्रमुखसहित पाँच सदस्यको नाम टुङ्ग्याउनका लागि अहिले छलफलमा जुटेको पार्टीका जिल्ला अध्यक्ष सूर्यप्रसाद गैह्रेले जानकारी दिए । पार्टीको शीर्ष नेतृत्व अहिले छलफलमा रहेकाले केहीबेरमा अन्तिम नामावली सार्वजनिक गरिने उनले बताए । 
जेठ ३१ गते जिससको निर्वाचन गर्ने गरी आज मनोनयन दर्ताको कार्यतालिका सार्वजनिक गरिएको मुख्य निर्वाचन अधिकृत वसन्तराज पौडेलले जानकारी दिए ।
पाँच नगरपालिका र छ गाउँपालिका गरी ११ स्थानीय तहका प्रमुख÷अध्यक्ष, उपप्रमुख÷उपाध्यक्ष गरी २२ जनाले मतदान गर्न पाउनेछन् । स्याङ्जाका ११ स्थानीय तहका ९७ वडाबाट निर्वाचित भएका नगर तथा गाउँसभाका सदस्य उम्मेदवार बन्न पाउनेछन् ।
एघार स्थानीय तहका प्रमुख÷अध्यक्ष, उपप्रमुख÷उपाध्यक्ष गरी २२ जनामध्ये नेपाली कांग्रेसका ११ जना र नेकपा एमालेका ११ जना छन् । जिससमा दुवै राजनीतिक दलबाट ११÷११ जना अर्थात् सङ्ख्या बराबरी छ । जिससमा अध्यक्ष, उपाध्यक्ष, तीन महिला सदस्य, एक दलित वा अल्पसङ्ख्यक, तीन अन्यसदस्य गरी कूल नौ जना निर्वाचित हुनेछन् । जिल्लासभाका प्रमुख र उपप्रमुखमा जिससकै प्रमुख र उपप्रमुख रहने व्यवस्था छ । जिसस गठन भएसँगै जिल्लासभा गठन हुनेछ । जसमा नगरपालिका र गाउँपालिकाका प्रमुख, उपप्रमुख पदेन सदस्य रहनेछन् । यसअघि २०७४ को निर्वाचनबाट जिससको अध्यक्ष, उपाध्यक्षसहित सबै प्यानलमा नेकपा एमाले विजयी भएको थियो ।

जिसस पर्सामा जसपाका नीरज सोनार विजयी

जिल्ला समन्वय समिति पर्साको प्रमुख पदमा जनता समाजवादी पार्टी (जसपा) का नीरज (अजय) साह सोनार विजयी भएका छन् । जसपा र नेकपा (एमाले)का तर्फबाट  साझा उम्मेदवार बनोका उनलाई दुई मतको अन्तरले विजयी भएका हुन् । 
उनले  १५ मत ल्याउँदा उनका निकटम् प्रतिद्वन्द्वी नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) गठबन्धनका साझ उम्मेदवार सरोज चौरसियाले १३ मत प्राप्त गरे । 
यसैगरी उपप्रमुख पदमा एमालेका पुरन साह कूल १५ मतसहित जिजयी बनको हुन् भने उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका कुमारी सोनीले १३ मत प्राप्त गरे । 
जिससको नेतृत्वका लागि जसपा–एमाले गठबन्धन मिलेर चुनाव लडेकामा सबै पदमा गठबन्धनका उम्मेदवार विजयी भएका हुन् । 
नौ सदस्यीय जिसस पर्सामा जसपाबाट तीन र एमालेका चार सदस्य विजयी भएका छन् । एमालेको १० र जसपाको पाँच गरी १५ मत थियो । यसैगरी कांग्रेस १२ र लोसपा एक गरी १३ मत थियो । 

जिसस बर्दियामा कांग्रेसका उम्मेदवार निर्विरोध

जिल्ला समन्वय समिति बर्दियाको प्रमुखसहित अन्य पदमा  नेपाली कांग्रेसका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । निर्वाचित हुनेमा प्रमुख पदमा सूर्यबहादुर विष्ट, उपप्रमुखमा अमिताकुमारी यादव, सदस्यमा तीर्थप्रसाद जैसी, विनय राजभण्डारी, पुरैलाल थारू छन् । यसैगरी महिला सदस्यतर्फ खगिसरा कामी, छविभाट क्षेत्री र विमला थारू र दलित वा अल्पसङ्ख्यक सदस्यमा सुनिता नेपाली निर्विरोध चयन भएको मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीश लोकजङ्ग शाहले जानकारी दिए । उनका अनुसार स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा २५ बमोजिम प्रमुख, उपप्रमुख तथा सदस्य पदमा कांग्रेसका उम्मेदवार निर्वाचित भएका हुनु । 

प्रकाशित मिति: आइतबार, जेठ २९, २०७९  १८:४८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार