संयुक्त राष्ट्रसंघद्वारा क्यामरुनको अस्पताल आक्रमणको निन्दा 

आइतबार, जेठ २९, २०७९
Global Ime Bank

याउण्डे । मानवीय मामिलाको समन्वयका लागि संयुक्त राष्ट्रसङ्घको कार्यालयले क्यामरुनको दक्षिणपश्चिमको एङ्ग्लोफोन क्षेत्रको अस्पतालमा भएको आक्रमणको कडा निन्दा गरेको छ । “स्वास्थ्यकर्मी, बिरामी र सुविधाहरूमा आक्रमण अन्तरराष्ट्रिय मानवअधिकार कानूनको गम्भीर उल्लङ्घन हो,” क्यामरुनमा संयुक्त राष्ट्रसङ्घ मानवीय संयोजक मथियास नाबले शनिबार एक विज्ञप्तिमा भनेका छन् । “घटनाको छानबिन हुनुपर्छ र दोषीलाई कारबाही गर्नुपर्छ,” उनले गत बुधबार संदिग्ध पृथकतावादी लडाकुले यस क्षेत्रको माम्फे जिल्ला अस्पतालमा आक्रमण र आगजनी गरेको आक्रमणको बारेमा टिप्पणी गरेका छन् । ओसीएचएका अनुसार जनवरीदेखि स्वास्थ्य सेवा प्रदायक विरुद्ध कम्तीमा पाँचवटा आक्रमण भएका छन् । “क्यामरूनको उत्तरपश्चिम र दक्षिणपश्चिम क्षेत्रमा सङ्कटले स्वास्थ्यकर्मी वा बिरामीलाई धम्की, अपहरण, घाइते वा मारिएको साथै चिकित्सा पूर्वाधार क्षतिग्रस्त वा नष्ट गरेको स्वास्थ्य सेवामा ठूलो संख्यामा  दुःखद आक्रमण देखेको“ विज्ञप्तिमा जनाइएको छ ।– रासस/सिन्ह्वा
 

प्रकाशित मिति: आइतबार, जेठ २९, २०७९  १७:४७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार