कर्णाली सरकारको नीति तथा कार्यक्रम पारित

शुक्रबार, जेठ २७, २०७९

कर्णाली । कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९÷०८० को नीति तथा कार्यक्रम पारित भएको छ । दुई दिनसम्म प्रदेशसभामा छलफल गरिएको प्रदेश सरकारको नीति तथा कार्यक्रम आज बहुमतले पारित भएको हो ।
प्रदेशसभाको १०औँ अधिवेशनको ११औँ बैठकमा सभामुख राजबहादुर शाहीले नीति तथा कार्यक्रम पारितका लागि सभामा प्रस्ताव पेश गर्न मुख्यमन्त्री जीवनबहादुर शाहीलाई समय दिएका थिए । त्यसैगरी, सभामुखले कर्णाली प्रदेशसभा नियमावली, २०७४ लाई दोस्रो संशोधन गर्न गठित समितिको प्रतिवेदन सभासमक्ष पेश गर्न समितिका अध्यक्ष दीनबन्धु श्रेष्ठलाई समय दिए । 

प्रकाशित मिति: शुक्रबार, जेठ २७, २०७९  २१:०१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार